Skip to content

वायु प्रदूषणका कारण भारतमा विद्यालयहरू बन्द

एजेन्सी । वायु प्रदूषणका कारण भारतका केही विद्यालयहरु बन्द गरिएको छ । भारतको राजधानी देहली क्षेत्र र वरपरका विद्यालयहरु बन्द गरी घरबाटै विद्यार्थीलाई अनलाइनबाट क्लास दिन सुरु गरिएको छ ।

भारतको राजधानी देहली क्षेत्र र वरपरको वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरिएको छ । विद्यार्थीलाई घरबाटै अनलाइनबाट शिक्षा दिन सुरु गरिएको हो । सहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएका छन् ।

केही दिनदेखि सहर गम्भीर वायु प्रदूषणसँग लडिरहेको छ । सहरका दुई ठुला विश्वविद्यालयहरूले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षाहरू अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x