Skip to content

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमै राख्न आदेश

पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमै राख्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले बुधबार बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा प्रसाईंलाई सिआईबीले मंगलबार उनकै निवासबाट पक्राउ गरिएको थियो ।  प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । उनले प्रधानमन्त्री ओलीको कम्बोडियामा ३२ अर्ब लगानी रहेको छ भन्दै भिडियो कलमार्फत केही कागजातहरु कसैलाई देखाउँदै सार्वजानिक गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x