Skip to content

नेपाली फिल्मको सुनौलो समय

एक समय यस्तो पनि थियो, हलमा फिल्म प्रदर्शनमा आएपनि फिल्म हेरिदिने दर्शकको अभाव हुन्थ्यो । हल सञ्चालकले एक साता नहुँदै फिल्म हलबाट हटाउने गर्थे । फिल्म निर्माताले लगानी उठाउन पनि मुस्किलको अवस्था थियो । तर, पछिल्लो समयमा प्रदर्शनमा आएका नेपाली फिल्मले सिने क्षेत्रमा नयाँ आयाम थपेका छन् । जसले गर्दा फिल्म उद्योगमा  निराशा भन्दा आसाको दियो बल्न थालेको छ । फिल्म हलमा दर्शकको उपस्थितिले नेपाली सिने नगरीको मोहोल उल्लासपूर्ण बनेको छ । चाडपर्वको समय पारेर प्रदर्शनमा आएका केही नेपाली फिल्मले दर्शकको राम्रो साथ पाएका छन् ।

असोज र कात्तिकमा प्रदर्शनमा आएका नेपाली फिल्मले हिन्दी फिल्मलाई समेत पछि पार्न सफल भएका छन् । यो दुई महिनामा ६ नेपाली फिल्मले राम्रो दर्शक पाए । यो अवधिमा रिलिज भएका सबैजसो हिन्दी फिल्मले नेपाली दर्शक पाउन सकेनन् । असोजको पहिलो साता रिलिज भएको नेपाली फिल्म ‘खुस्मा’, तेस्रो साताको ‘बेहुली फ्रम मेघौली’ र फूलपातीमा रिलिज भएको ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ व्यावसायिक रूपमा सफल रहे । तिहारमा प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङगी’ले नेपाली बक्सअफिसमा हंगामा मच्चायो । अहिले सम्मको सर्वाधिक कमाउने फिल्म बन्न सफल रह्यो ।

बक्स अफिसको रिपोर्ट अनुसार नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गीले २७ करोड, छक्का पन्जा ५ ले १४ करोड ८८ लाख, १२ गाउँले १९ करोड ३७ लाख कमाइरहँदा नेपाली फिल्मको प्रभाव बढ्दै गएको देखिन्छ । दसैँ र तिहारजस्ता मुख्य चाडपर्वमा आएका नेपाली फिल्मले व्यवसायमा ठुलो छलाङ मारेका छन् । यतिमात्रै हैन कि यो वर्ष रिलिज भएको फिल्म ‘बोक्सीको घर’ पनि ब्लकबस्टर बनेको थियो । वर्षमा ६ / ७ वटा फिल्म सफल भएको समयमा २ महिनामै ६ फिल्म व्यावसायिक रूपमा सफल बन्नु नेपाली फिल्मको लागि सुनौलो समय फर्किएको मान्न सकिन्छ । पछिल्लो समयमा प्रदर्शनमा आएका र बन्दै गरेका केही फिल्म हेर्दा नेपाली फिल्म क्षेत्र परिवर्तनको बाटोमा लागेको देखिन्छ । फरक–फरक स्वादमा बनेका फिल्महरुले नेपाली फिल्मी क्षेत्रमा नयाँ आयाम थपेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x