Skip to content

अन्तर्राष्ट्रिय बजारमा नेपाली कफिको स्वाद अब्बल

पोखरा । आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार १३ करोड चार लाख बराबरको ७७ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख बराबरको चार सय ५० टन कफी आयात भएको थियो ।

आव २०८०–८१ मा १४ करोड ९२ लाख बराबरको ८९ टन कफी निर्यात हुँदा ४१ करोड ९८ लाख बराबरको चार सय ४३ टन कफी आयात भएको तथ्यांक छ । आव २०८०–८१ मा देशभर पाँच सय मेट्रिक टन ग्रिनवीन कफी उत्पादन भएको छ भने जम्मा छ सय ५४ हेक्टरमा नयाँ रोपण भएको छ ।

चार हजार तीन सय नौ हेक्टर जग्गामा कफीखेती विस्तार भएको छ । कुल उत्पादनको झण्डै १७ प्रतिशत कफी विदेश निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोडका निर्देशक दीपक खनालले जानकारी दिए । नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरका हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ ।

बोर्डका अनुसार नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ डलर प्राप्त गर्दै आएको छ । बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको टेस्टिङ गर्ने गराइन लागेको हो । साथै कार्यक्रममा कफी उत्पादक संस्था तथा किसान उद्यमी, जिल्ला कफी सहकारी संघ, प्रारम्भिक कफी सहकारी संस्थालाई विशेष सम्मान र पुरस्कृत गरिने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x