पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताविरुद्ध अवहेलना मुद्दा दायर भएको छ ।रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान भइरहँदा अदालती कारवाहीविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको हो ।
उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, सोविता गौतम, सन्तोष परियारलगायतलाई विपक्षी बनाइएको छ । अधिवक्ता अनुपम भट्टराईले बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।