Skip to content

सिआइबीको अनुरोध – शंकास्पद नम्बरबाट फोन आएमा आफ्नो विवरण नदिनुहोस्

पोखरा ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सामाजिक सञ्जालमार्फत ठगीका उजुरी बढेको भन्दै सचेत रहन अनुरोध गरेको छ ।

प्रवक्ता तथा सूचना अधिकारी एवं एसपी होबिन्द्र बोगटीले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालको प्रयोग गरी बैंकको रकम समेत झिक्ने गरेको उजुरी आएको भन्दै सचेत रहन अनुरोध गरेका हुन् ।

‘चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको लगायतको प्रलोभनमा पारी बैंक तथा वित्तीय संस्थाको अनलाइन पेमेन्ट गेटवेमार्फत रकम ठगी गर्दै आइरहेकोमा हाल आएर विभिन्न बैंक तथा वित्तीय संस्थाको कर्मचारी हुँ । तपाईंको खाता रिन्यु वा अपडेट गर्नुपर्ने छ भनी व्यक्तिगत विवरण माग गर्ने गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसरी ठगी भएको उजुरीहरू केहीदिनदेखि सिआइबीमा प्राप्त भएको जनाएको छ । शंकास्पद नम्बरबाट फोन आएमा आफ्नो विवरण नदिन पनि सिआइबीले अनुरोध गरेको छ । यसरी गोप्य विवरण लिएर ह्याकरले नक्कली वा चोरीको नागरिकताको दुरूपयोग गरी सीम निकालेर र बैंक खाता खोलेर रकम निकाली ठगी गर्ने गरेको सिआइबीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x