Nidan Media

भूकम्पविद् सुवेदीलाई ‘द जोन म्याडक्स जज कमेन्डेसन’ पुरस्कार

पोखरा ।
डा. शिव सुवेदीले विश्व चर्चित साइन्स जर्नलबाट प्रदान गरिने द जोन म्याडक्स प्राइज २०२४ मा ‘जज कमेन्डेसन’ अवार्ड प्राप्त गरेका छन्। बुधबार लन्डनमा आयोजना गरिएको एक समारोहमा उक्त अवार्ड घोषणा तथा प्रदान गरिएको थियो।

भूकम्पविद्का रुपमा नेपालमा काम गरिरहेका उनलाई नेपालमा भूकम्प चेतना जगाउन तथा भूकम्पको पूर्व तयारीको लागि अभियान चलाएवापत यो अवार्ड प्रदान गरिएको हो। सुवेदीले नेपालमा भूकम्पबाट हुन सक्ने जोखिम कम गर्नको लागी भूकम्प शिक्षामार्फत उल्लेख्य काम गरिसकेका छन्।

यो बर्षको अवार्डमा मनोनयमा छनोट भएका आठ जना वैज्ञानिकमध्ये विकाशोन्मुख मुलुकबाट मनोनयनमा पर्ने शिव एक्ला वैज्ञानिक थिए । उनी गीतकार तथा संगीतकार पनि हुन्। उनले लेखेका ‘घामजस्तो चम्किलो जुन हुँदैन, भुमरीमा परे भने म, किन यस्तो हुन्छ, भुल्नै भयो धौ, बाँचेको छु धन्न’ लगायतका दर्जनौ गीतहरु लोकप्रिय छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.