Nidan Media

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, आराम गर्न डाक्टरको सुझाव

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको छ । ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहका अनुसार उनलाई भाइरल ज्वरो भएको पुष्टि भएको छ । मंगलबार डेंगुको आंशकामा रगत परीक्षण गरिएको थियो । तर, उक्त रिर्पोट नेगेटिभ आएको थियो । शाहका अनुसार उनलाई केही दिन घरमै आराम गर्न पर्ने देखिन्छ ।

अहिले प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.