Nidan Media

पोखरामा पुष्प मेला हुने

पोखरा । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) जिल्ला समिति कास्कीले तिहार तथा छठ अवसरमा यसपालि पनि पुष्प मेला तयारी गरेको छ ।

‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवद्र्धनमा गोदावारीको सान’ भन्ने मूलनाराका साथयही कात्तिक १२ देखि १६ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आठौं गोदाबरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक पुष्प मेला–२०८१ आयोजना गर्न लागिएको हो ।

मेलाबाट पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने फूल विरुवा प्रति अभिरुचि राख्नेहरुका निम्ति उपयोगी हुने विश्वास आयोजको रहेको छ । प्रदर्शनीको करिब २० हजार जना दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिको अपेक्षा छ । फान कास्कीमा हाल ३९ जना कृषक आबद्ध छन् ।

संस्थाका अध्यक्ष एवं मेला संयोजक रामप्रसाद सुवेदीले मेलामा २३ वटा प्रदर्शनी कक्ष राखिने जानकारी दिनुभयो । तीमध्ये व्यावसायिक २०, कृषि सामग्रीका २ र सूचनामूलक १ स्टल रहने छन् । २०६२ सालमा कास्कीमा विधिवत् स्थापना भई पुष्प व्यावसायिक विकास विस्तार तथा प्रवद्र्धनमा फान कास्की क्रियाशील छ ।

 

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.