पोखरा ।
वडा प्रहरी कार्यालय कास्कीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा सवारी साधन चेकजाँच गर्दा लागू औषध डाईजापाम ३१ एम्पुल, फेनेरागन ३१ एम्पुल र नुर्फिन ३१ एम्पुल गरी जम्मा ९३ एम्पुल लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।
ग २५ प ६५८८ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा म्याग्दी बेनी नगरपालिका वडा नं ५ बस्ने वर्ष ३० का बल बहादुर विश्वकर्मा र सोही स्कुटरको पछाडी सवार जिल्ला म्याग्दी धौलागिरी गाउँपालिका वडा नं ४ बस्ने वर्ष ३५ की नर कुमारी घर्तिले टोपिमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । उनीहरुलाई पक्राउ गरी लागु औषध सम्बन्धी मुद्धामा कास्की जिल्ला अदालतमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।