पोखरा ।
बर्खाको सिजन सकिएको छ । देशभरको मौसम चिसो छ । तर पनि पश्चिमी वायुको प्रभावले अझै पनि झरी रोकिएको छैन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।
मधेश प्रदेश, बाग्मती प्रदेश र कर्णाली प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जारी गेको बुलेटिनमा उल्लेख छ । यस्तै, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाले जनाएको छ । बुधबार र बिहीबार पनि देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।