पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीको मुद्धामा अनुसन्धान गर्नको लागि ६ दिन थुनामै राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र सहकारी पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गरेका थिए । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको उनलाई आरोप छ । शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाट उनलाई प्रहरीले पक्राउ गरेर पोखरा ल्याएको थियो । शनिबार सार्वजनिक बिदा परेका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइएको हो ।