Skip to content

पोखरामा ३२ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदै

पोखरा ।

पोखरा महानगरपालिका लगायत देशभरका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरिएको छ । नेपाल सरकारको प्राथमिकता प्राप्त यस अभियानको पोखरा महानगरपालिका भित्र नगर प्रमुख धनराज आचार्यले गरेका छन् ।

अभियान अन्तरगत महानगरपालिकाका ६ देखि ५९ महिनासम्मका करिब २६ हजार ३ सय ५४ र यहाँ अस्थायी रूपमा बसोबास गर्ने करिब ६ हजार बढी बालबालिकाहरू गरी ३२ हजार बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ । यसका लागि महानगरपालिकाका स्वास्थ्यकर्मीहरू, ६५६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायत परिचालन गरिएको अभियानका फोकल पर्सन सत्यराज साँखीले जानकारी दिए । महानगरपालिकाले आज र भोली महिला स्वास्थ्य स्वयमसेविकाहरुका लागि निःशुल्क यातायात सेवाको व्यवस्था समेत गरेको छ ।

अभियानको शुभारम्भ गर्दै नगर प्रमुख आचार्यले आफूहरू बालबालिकाहरूको स्वास्थ्य प्रति सचेत रहेको बताए । बालबालिकाहरूलाई नियमित रूपमा दिइने यस प्रकारका कार्यक्रमहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र कुनै पनि बालबालिका यस सुविधाबाट वञ्चित हुन नपरोस् भन्नका लागि महानगरको स्वास्थ्य सम्बन्धी सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनले बताए ।

महानगरपालिका भित्र स्थायी तथा अस्थायी रूपमा रहेका ३२ हजार बढी बालबालिकाहरूलाई यस अभियानले पूर्ण रूपमा समेट्ने गरी आवश्यक प्रबन्ध मिलाइएको उनले बताए । बालबालिकाहरूको स्वास्थ्यमा आउन सक्ने जटिलताहरूलाई मध्यनजर गरी महानगरपालिकाले सरकारका विभिन्न राष्ट्रिय अभियानहरूमा सहकार्य गर्दै आइरहेको उल्लेख गर्दै उनले सुरक्षित र स्वस्थ भविष्य निर्माणका लागि आफूहरू प्रतिबद्ध रहेको आचार्यले बताए ।

महानगरपालिका भित्र सबै अस्पताल, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधी खुवाउने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x