Nidan Media

फेवातालबाट दुई जनाको उद्धार

पोखरा।

फेवाताल बिचमा बिहीबार साँझ अलपत्र परेका दुई जनालाई उद्धार गरिएको छ । अचानक आएको हावाहुरीपछि काठको डुङ्गामा आफ्नो डुङ्गा अड्किएर अलपत्र परेका रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ११ घर भएका २२ वर्षीय मनिष विश्वकर्मा र सोही ठाउँ बस्ने २२ वर्षीया प्रीति सुनारलाई सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

एपीएफ फेवाताल रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरीको बिशेष  बिपद् व्यवस्थापन टोलीले उक्त घटना देख्ने वित्तिकै तुरुन्त परिचालन भई उद्धार गरेको कालिक गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरुणकुमार शर्माले जानकारी दिए ।

कास्कीको सबैभन्दा ठुलो ताल फेवाताल किनारमा सशस्त्र प्रहरी बलको उद्धार टोली छ भने नेपाली प्रहरीले पनि डुङ्गासहितको टोली राखेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.