पोखरा ।
मनकामना केबलकार आज असोज २९ गतेदेखि तीन दिनसम्म बन्द भएको छ । मर्मत सम्भारका लागि तीन दिन बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
केबलकारका नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम गर्नुपर्ने भएकाले असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गरिएको हो । मनकामना केबलकार सुचारु कात्तिक २ गतेदेखि हुने प्रालिले जनाइएको छ । दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो ।