Skip to content

यी हुन अझै खुल्न नसकेका राजमार्गहरु

पोखरा ।

अविरल वर्षाका कारण असोज ११ र १२ मा गएको बाढी पहिरोका कारण अझै राजमार्गहरु पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् । भौतिक पूर्वाधार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ३४ वटा राजमार्गका आठ सय पाँच स्थानमा पहिरो गएकोमा सात सय ७४ स्थानको पहिरो हटाइएको बताएको छ।

बर्षाले क्षति पुर्याएकोे राजमार्ग र पुलहरु अरनिको राजमार्गतर्फ लिपिङ १७ मिटर, लार्चा ४५ मिटर , बीपी राजमार्गतर्फ सुनकोशी–खैरेनीटार ५० मिटर, सुनकोशी–फोक्सिङ्टार ११० मिटर, सुनकोशी–खुर्कोट ५० मिटर क्षति भएको छ। त्यस्तै मेची राजमार्गतर्फ हेंवा खोला पुल ५० मिटर, कान्ति लोकपथमा बागमति पुल १५ मिटर, माईपोखरी–सन्दकपुर इलामको रातेखोला पुल ३५ मिटर र कान्ति राजपथको बागमती पुल ५० मिटरमा क्षति भएको छ।

अरनिको राजमार्गको लार्चा–कोदारी ५ किमी सडकखण्ड अझै सुचारु हुन सकेको छैन। यस क्षेत्रमा लिपिङ् पुल र लार्चाको बेलिब्रिज बगाएका कारण यातायात अवरुद्ध छ। लार्चामा ह्युम पाइप र लिपिङ्मा बेलीब्रिज जडान गरेरयातायात सञ्चालन गरिने छ।

बीपी राजमार्गको चाँकीडाँडा–कालढुंगा १८ किमी सडकखण्डमा करिब १२ किमी सडक पूर्णरुपमा बगेका कारण बिच–बिचमा सवारी साधनहरु रोकिएका छन्। यस क्षेत्रमा दुवै तर्फबाट पहिरो सफा गर्ने तथा रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्म सबै विकल्प प्रयोगरी अस्थायी रुपमा यातायात सञ्चालन गर्ने प्रयास जारी छ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गको दोलालघाट–राकथुम ८० किमी सडकखण्डमा धेरै ठाउँमा पहिरो गएका कारण दुवै तर्फबाट पहिरो पन्छाउने कार्य भइरहेको छ। कान्ति राजपथको घपेली–बगुवा १३ किमी र बागमती पुलको दाँया–बाँया पहुँच मार्गमा मकवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफाइ गर्ने कार्य जारी छ।

मेची राजमार्गको रमिते–फिदिम आठ किमी हेंवा पुलसहितको सडकमा पहिरो पन्छाउने तथा हेंवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिने मन्त्रालयको योजना छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x