Nidan Media

दैविकप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने

पोखरा ।

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दैविकप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले १ महिनाको तलब दिने भएका छन् । बैठकले गम्भीर घाइतेको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने र उपचारमा कुनै कमी हुन नदिने समेत निर्णय गरेको छ ।

यसैगरी विपदबाट भएको क्षतिको सम्बन्धित मन्त्रालयले आँकलन गरी तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कर्यालयमा पेस गर्ने, महत्वपूर्ण संरचना जस्तैः खानेपानी, पुल, सडक, दूरसञ्चार, विद्युत मर्मत सम्भार गरी तत्काल सञ्चालनमा ल्याउन व्यवस्था मिलाउने सरकारको निर्णय छ ।

सरकारले असोज १५ अर्थात आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा समेत गरेको छ । बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो । बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै सरकारले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री ओली सोमबार साँझ अमेरिका भ्रमणबाट फर्किएका हुन्। उनी आइपुगेलगत्तै मन्त्रिपरिषद् बैठक बसेको हो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.