पोखरा ।
विभिन्न सहकारीबाट गोर्खा मिडिया प्रालिमा गएको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
जोशीलाई हवाई जहाजबाट आइतबार बेलुकी पोखरा ल्याइएको हो । उनलाई सोमबार (आज) जिल्ला अदालत कास्कीमा उपस्थित गराइने कास्की प्रहरीले जनाएको छ ।
६५ करोड भन्दा धेरै सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन गरिएको अभियोगमा पूर्व सञ्चालक जोशीलाई प्रहरीले आइतबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको थियो ।