Skip to content

खुल्यो धरहरा, दैनिक पाँच सय जनाले चढ्न पाउने

काठमाडौं

सरकारले आज (बिहीबार) देखि धरहरा सञ्चालनमा ल्याएको छ । गत भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी संविधान दिवसको अवसर पारेर धरहरा सञ्चालन गरेको हो ।

अस्थायी रूपमा नवनिर्मित धरहरा सञ्चालन ल्याएसँगै एक दिनमा अधिकतम पाँच सय जनाले धरहरा चढ्न पाउने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ । तत्कालका लागि शुल्क नलाग्ने जनाएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त भएको नेपालको घरहरा पुनर्निर्माण भइसकेको छ। धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x