Nidan Media

आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा

निदान मिडिया ।

सहारा क्लबले आयोजना गरेको २३ औ संस्करणको आहा रारा पोखरा गोल्डकप घाटामा गएको छ ।

सहारा क्लबले २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा १५ लाख ३३ हजार ९ सय ७ घाटा भएको जनाएकोे छ । सहारा क्लबले कोभिड जस्तो महामारीको समयमा फुटबल प्रतियोगिता आयोजना गर्दा पनि यति ठुलो रकम घाटा नभएको क्लवका अध्यक्ष केशव बरालले बताए । क्लबले प्रतियोगिता सम्पन्न भएको झण्डै ७ महिना पछि आयव्याय सार्वजनिक गरेको हो । सहारा क्लबले एकेडेमी संचालन सहयोगार्थ हरेक वर्ष हरेक संचालन गर्दे आईरहेको आहा रारा गोल्ड कप नेपालकै चर्चित फुटबल प्रतियोगिता मध्यमा पर्दछ ।

प्रतियोगितामा कुल आम्दानी ९९ लाख ९५ हजार र खर्च एक करोड १५ लाख ३३ हजार भएको छ । उक्त प्रतियोगितामा प्रायोजनतर्फ ५६ लाख ७५ हजार आम्दानी भएको अर्थ संकलन उपसमितिका संयोजक सुनिल गुरुङले जानकारी दिए।

हिम श्री फुड्स प्रालिले २२ लाख २५ हजार, पोखरा महानगरपालिकाले १० लाख, गण्डकी प्रदेश खेलकुद परिषद्ले पाँच लाख लगायत गरी १४ संघसंस्था र व्यापारिक प्रतिष्ठानले प्रतियोगितामा प्रायोजन गरेका थिए । टिकट शुल्कबाट २६ लाख ३६ हजार संकलन भएको जनाइएको छ । खर्चतर्फ सबैभन्दा बढी खेलाडीको दैनिक भ्रमण भत्तामा ३९ लाख ७३ हजार खर्च भएको अर्थ संङ्लकन उपसमितिका संयोजक गुरुङले बताए । प्रोत्साहन खर्चबापत १९ लाख ६२ हजार, आयोजक खर्च ११ लाख ५७ हजार र आयोजक टिम तयारी खर्च पाँच लाख ६३ हजार सात सय ४० भएको क्लबले जनाएको छ । विभिन्न १८ शिर्षकमा उक्त रकम खर्च भएको हो ।

सहारा क्लबले संचालन गरेको एकेडेमी संचालन गर्न वार्षिक ४२ लाख खर्च हुने र उक्त एकेडेमि संचालनकै लागि प्रत्येक वर्ष आहा रारा गोल्डकप गर्दे आई रहेको छ ।

 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.