Nidan Media

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन

निदान मिडिया ।

निजी स्वास्थ्य संस्था मार्फत किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा समन्वयात्मक छलफल गरिएको छ ।

किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजना सेवाका अवरोधहरू हटाउने, परिवार योजना पद्धतिलाई परिष्कृत गरी विस्तार गर्ने, परिवार योजना सम्बन्धी संलग्नतालाई दिगो र व्यवस्थित बनाउन सकारात्मक र सक्षम वातावरण तयार गर्ने यसको प्रमुख उद्देश्य रहेको छ ।

सेवाग्राही–केन्द्रित गुणस्तरीय परिवार योजना सेवालाई दिगो रूपमा उपलब्ध गराउनका लागि निजी क्षेत्रका स्वास्थ्य संस्थाहरू र फार्मेसीहरूको प्राविधिक र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न यस योजनाले सहायता प्रदान गर्ने विश्वास गरिएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको आर्थिक सहयोगमा यो योजना गण्डकी प्रदेशका ७ जिल्लाका ११ पालिकाहरूमा सञ्चालित छ । पोखरा महानगरपालिकाका १ हस्पिटल, ४ पोलिक्लिनिक, १ क्लिनिक र २३ फार्मेसी गरी २९ वटा निजी स्वास्थ्य संस्थाहरूमा यो योजना लागु छ ।

नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको जन स्वास्थ्यका कार्यक्रमहरू मध्ये किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कार्यक्रम एक महत्वपूर्ण कार्यक्रमको रुपमा लिइएको छ । किशोर किशोरीहरूलाई सहज रूपमा आफ्ना समस्याहरू राख्न र स्वास्थ्य संस्थाबाट प्रदान हुने प्रजनन स्वास्थ्य लगायतका अन्य स्वास्थ्य सेवा लिन उपयुक्त वातावरण तयार गरी सेवाको पहुँच बढाउन ‘किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९’ समेत जारी भई कार्यान्वयनमा रहेको छ । यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सरोकारवालाहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निर्देशन दिएका छन् । नागरिकले पाउनु पर्ने स्वास्थ्यको अधिकार प्रत्याभूतिमा सरोकारवालाहरू थप जिम्मेवार बन्नु पर्ने बताए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.