निदान मिडिया ।
प्रदर्शनको संघारमा रहेको फिल्म ‘खुश्मा’ युनिट यतिबेला प्रचारप्रसारको दौडधुपमा छ । असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको ‘खुश्मा’ का निर्देशक र कलाकारको टोली पोखरेली सञ्चारकर्मी माझ फिल्म हेर्न अनुरोध गरे ।
माओवादी आधारभूमि रुकुमको मगर सुमदायको कथालाई उतारेर बनाइएको फिल्म संविधान दिवसको अवसर पारेर प्रर्दशन हुन लागेको हो । फिल्मका निर्देशक अशोक थापा मगरले भने, ‘‘फिल्म मेकिङमा हामीले सक्दो मेहनत गरेका छौं। दर्शकले पक्कै मन पराउनुहुनेछ ।’’ डकुमेन्ट्री निर्माण गरिरहेका निर्देशक थापाको यो पहिलो फिचर फिल्म हो ।
मुख्य भूमिकामा रहेका उपसना सिंह ठकुरी र धिरज मगरले फरक चरित्रमा प्रस्तुत भएको बताए । साधारण प्रेमकथालाई उत्कृष्ट ढंगले देखाइएको उनीहरुको भनाइ थियो ।
पुन मगरको उद्गमथलो रुकुमको मैकोटमा फिल्मका अधिकांश दृश्य खिचिएको हो । रुकुमकै तकसेरा, माथिल्लो मनाङ, पोखरा र काठमाडौंमा झन्डै ४५ दिन लगाएर फिल्म खिचिएको छ। फिल्ममा तीन करोड बढी लगानी भएको निर्माण टिमको दाबी छ ।
फिल्ममा धिरज, उपसनासँगै, माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, लगायतका कलाकारले अभिनय छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन निर्देशक थापाको हो । चन्द्रबहादुर भट्टचन, बेतान मगर र विरबहादुर लामा ले फिल्मलाई लगानी रहेको छ । मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी सहनिर्माता, मोहन राई कार्यकारी निर्माता हुन ।
फिल्ममा समावेश ‘रुकुम मैकोट’ बोलको गीत युट्युबको म्युजिकतर्फ ट्रेन्डिङ नम्बर एकमा छ । यसअघि नै सार्वजनिक गीत ‘खुशीका फूलहरु’ टिकटकमा निकै रुचाइएको थियो । चार हप्ता पहिलो टिजर सार्वजनिक फिल्मको ट्रेलर यो हप्ताभित्र ल्याउने तयारी छ ।
Subscribe
Login
0 Comments
Oldest