Skip to main content

Nidan Media

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौँ। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच आइतबार साँझ भेटवार्ता भएको छ।

नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल-भारत सम्बन्ध र आपसी सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा व्यापार, पारवहन, ऊर्जा, संस्कृति, शिक्षा र दुई देशबीचको सम्पर्क विस्तारका विषयमा कुराकानी भएको थियो।

भेटपछि विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत नेपालसँगको सम्बन्धलाई भारतले विशेष मित्रताका रूपमा लिएको बताएका छन्।

उनले प्रधानमन्त्री शाहसँग भेट गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ताको प्रतीक्षा गरिरहेको बताएका छन्।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्। सोमबार उनले मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.