Skip to main content

Nidan Media

श्रीमानको हत्या आरोपमा श्रीमतीसहित दुई पक्राउ

काठमाडौँ। मोरङको जहदा गाउँपालिका-२ मोहनपुरमा रड प्रहार गरी एक पुरुषको हत्या गरेको आरोपमा उनकी श्रीमतीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार बुधबार राति करिब ९ बजे स्थानीय ४० वर्षीय बुधराम सोरेनको टाउकोमा रड प्रहार गरिएको थियो।

उनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहारका २७ वर्षीय सुनिल मिश्र मिलेर रड प्रहार गर्दा सोरेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनामा प्रयोग भएको रडसहित मिश्रलाई नियन्त्रणमा लिएको थियो।

घटनापछि फरार रहेकी बास्केलाई बिहीबार बिहान करिब साढे ७ बजे खेतमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.