पोखरा। कास्की प्रहरीले पोखरा महानगरपालिका-१६, सीतापाइलाबाट चोरी भएको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज ३० गते ग१९प १०९१ नम्बरको मोटरसाइकल हराएको सूचना प्राप्त भएपछि प्रहरीले खोजतलास शुरू गरेको थियो।
खोजीका क्रममा पोखरा-१७, सिमलटुडामा उक्त मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ।
मोटरसाइकल चलाइरहेका पोखरा-७, मासबारका ३१ वर्षीय सागर गुरुङ र पछाडि सवार लमजुङको बेँसीसहर नगरपालिका-७, मिलनचोक स्थायी ठेगाना भइ हाल पोखरा-९, पृथ्वीचोक बस्ने २५ वर्षीय किरण ठकुरीलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।




