Nidan Media

भारतमा यात्रुवाहक सवारीसाधन र ट्रक ठोक्किँदा आठ जनाको मृत्यु

काठमाडौँ । भारतको मध्य प्रदेशमा भएको भीषण सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

मध्य प्रदेशको भिण्ड जिल्लास्थित राष्ट्रिय राजमार्ग–७१९ मा विपरीत दिशाबाट आइरहेको ट्रकसँग यात्रुवाहक सवारीसाधन ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाका पीडितहरू छिमेकी राज्य उत्तर प्रदेशको लखिमपुर खेरी जिल्लाका खेत मजदुर हुन् । उनीहरू धान रोपाइँ सकेर घर फर्किरहेका थिए ।

प्रारम्भिक अनुसन्धानअनुसार राजमार्गमा अचानक आएका छाडा चौपायालाई जोगाउन खोज्दा तीव्र गतिमा रहेको यात्रुवाहक सवारीसाधन अनियन्त्रित भएर विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको हो ।

दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.