आजको पञ्चाङ्ग
मिति २०८३ साउन २८ गते बिहीबार, इस्वीसंवत अगष्ट १३ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ। आज श्रावणशुक्लपक्षको प्रतिपदा तिथि रातिमा ९ः४२ बजेसम्म त्यसपछि द्धितीया तिथि लाग्नेछ। नक्षत्रमा अश्लेषा बिहानमा ७ः४१ बजेसम्म त्यसपछि मघा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा वरियान २३ घटि २९ पलासम्म त्यसपछि परिध योग लाग्नेछ। करणमा किंष्तुध्न रहनेछ । आनन्दादि योगमा अमृत रहनेछ।
सूर्य कर्कट राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान ३२ घटि ५१ पला अर्थात १३ घण्टा १२ मिनेटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः३४ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः४२ बजे हुनेछ। यस्तै, चन्द्रमा उदाउने बिहानमा ४ः५४ बजे र अस्ताउने समय साँझमा ७ः१३ बजे रहेको छ। आजदेखि गुँला पर्व आरम्भ हुँदैछ ।
आजको राशिफल
मेषः आज चन्द्रमा सिंह राशिमा रहेकाले तपाईंका लागि उत्साह र सिर्जनशीलता बढ्ने दिन छ। योजनाबद्ध तरिकाले काम गर्दा सफलता प्राप्त हुनेछ। तपाईंभित्र लुकेको प्रतिभा बाहिर आउनेछ र नयाँ अवसर प्राप्त हुनेछन्। आम्दानीका स्रोत बढ्नेछन्। लगानीबाट लाभ मिल्न सक्छ। रोकिएको धन फिर्ता आउनाले आर्थिक अवस्था सुदृढ हुनेछ। कार्यक्षेत्रमा तपाईंको कार्यशैलीको प्रशंसा हुनेछ। व्यापारमा नयाँ रणनीति अपनाउँदा लाभ मिल्नेछ। विद्यार्थीहरूका लागि परीक्षा वा प्रतिस्पर्धामा सफलता प्राप्त गर्ने योग छ।
वृषः आज चन्द्रमा सिंह राशिमा रहेकाले घरपरिवार र व्यक्तिगत विषयमा बढी ध्यान दिनुपर्नेछ। काममा केही ढिलासुस्ती हुँदा मनमा निराशा आउन सक्छ। धैर्यतापूर्वक काम गर्नुहोला। आर्थिक लेनदेनमा सावधानी अपनाउनु राम्रो हुनेछ। अनावश्यक खर्च नियन्त्रण गर्नुपर्नेछ। ऋण लिने वा दिने काममा जोखिम हुन सक्छ। कार्यस्थलमा सामान्य विवादको सामना गर्नुपर्ला। आफ्नो काममा केन्द्रित रहँदा समस्या समाधान हुनेछ। वैदेशिक व्यापारमा लागेकाहरूका लागि भने लाभ मिल्ने सम्भावना छ।
मिथुनः आज चन्द्रमाको प्रभावले तपाईंको सक्रियता बढ्नेछ। मिहिनेतअनुसारको फल प्राप्त हुनेछ। अनुशासन र समयको पालनाले धेरै काम समयमै सम्पन्न हुनेछन्। आत्मविश्वास बलियो रहनेछ। व्यापार व्यवसाय विस्तार गर्ने अवसर प्राप्त हुन सक्छ। नयाँ लगानीका सम्भावना देखिनेछन्। सरकारी क्षेत्रबाट पाउनुपर्ने रकम वा लाभ मिल्न सक्छ। आर्थिक योजनालाई गोप्य राख्नु हितकर हुनेछ। कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ र वरिष्ठ अधिकारीबाट प्रशंसा प्राप्त हुनेछ।
कर्कटः आज चन्द्रमा सिंह राशिमा रहेकाले आर्थिक पक्षमा ध्यान केन्द्रित हुनेछ। आम्दानीका नयाँ स्रोत पहिचान हुनेछन्। रोकिएको रकम प्राप्त हुने सम्भावना छ। बचत गर्ने बानीले भविष्यमा लाभ पु¥याउनेछ। नयाँ लगानीका अवसर आए पनि राम्रोसँग अध्ययन गरेर मात्र निर्णय गर्नुहोला। कार्यक्षेत्रमा तपाईंको मिहिनेतको उचित मूल्याङ्कन हुनेछ। नियमित आम्दानीमा वृद्धि हुन सक्छ। परिवारका सदस्यको सहयोग प्राप्त हुनेछ। बोलीमा मिठास राख्दा काम अझ सहज बन्नेछ।
सिंहः आज चन्द्रमा आफ्नै राशिमा रहेकाले आत्मविश्वास, उत्साह र सक्रियता बढ्नेछ। बिहान अश्लेषा नक्षत्रको प्रभाव रहे पनि त्यसपछि मघा नक्षत्र लाग्ने भएकाले नेतृत्व क्षमता बढ्नेछ। योजनाबद्ध तरिकाले अघि बढ्दा रोकिएका काम पूरा हुनेछन्। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आर्थिक रूपमा लाभका अवसर मिल्नेछन्। कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। महत्वपूर्ण निर्णय लिँदा भने हतार नगर्नुहोला। सामाजिक क्षेत्रमा मान–सम्मान प्राप्त हुने योग छ।
कन्याः आज केही काममा गोपनीयता अपनाउनु आवश्यक छ। रोकिएका पुराना कामले विस्तारै गति लिनेछन्। नयाँ योजना बनाउँदा दीर्घकालीन लाभलाई ध्यान दिनुहोला। आर्थिक दृष्टिले दिन सामान्यभन्दा राम्रो रहनेछ। अचानक धन प्राप्तिको सम्भावना छ। लगानी गर्दा जोखिमको राम्रो मूल्याङ्कन गर्नुहोला। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। टाढाको यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामबाट लाभ मिल्ने सम्भावना छ। स्वास्थ्य र आरामका लागि पनि समय दिनुहोला।
तुलाः आज चन्द्रमा सिंह राशिमा रहेकाले सामाजिक तथा व्यावसायिक सम्बन्धबाट लाभ मिल्नेछ। नयाँ मानिससँगको भेटघाटले भविष्यका लागि अवसरको बाटो खोल्न सक्छ। आर्थिक अवस्थामा सुधार आउनेछ। पहिले गरिएको लगानीबाट लाभ मिल्न सक्छ। सहकर्मीको सहयोगले गाह्रो काम पनि सहजै सम्पन्न हुनेछ। व्यवसायमा नयाँ ग्राहक जोडिन सक्छन्। प्रशासनिक क्षेत्रमा लागेकाहरूका लागि जिम्मेवारी बढ्ने योग छ। परिवारमा सौहार्दपूर्ण वातावरण रहनेछ।
वृश्चिकः आज कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। मिहिनेत र लगनशीलताले महत्वपूर्ण काममा सफलता दिलाउनेछ। मनमा नयाँ विचार आउनेछन्, जसले कार्यसम्पादन सहज बनाउनेछ। आर्थिक लाभको अवसर प्राप्त हुनेछ। सञ्चार तथा प्राविधिक क्षेत्रमा काम गर्नेहरूका लागि दिन अनुकूल रहनेछ। लगानी गर्दा कागजपत्र राम्ररी जाँच गर्नुहोला। वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुन सक्छ। नयाँ परियोजनामा काम गर्ने अवसर मिल्ने सम्भावना छ।
धनुः आज चन्द्रमाको प्रभावले भाग्य पक्ष बलियो बन्नेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। तीर्थयात्रा वा परोपकारी काममा सहभागी हुने अवसर मिल्न सक्छ। वैदेशिक क्षेत्रबाट धन आगमन हुन सक्छ। आर्थिक अवस्था स्थिर रहनेछ, तर आकस्मिक खर्चका लागि केही रकम छुट्याउनुहोला। कसैलाई ऋण दिँदा विचार पु¥याउनुहोला। समूहमा काम गर्दा सफलता मिल्नेछ। नयाँ अवसर प्राप्त हुँदा आत्मविश्वासका साथ अघि बढ्नुहोला।
मकरः आजको दिन मिश्रित रहनेछ। काममा सफलता प्राप्त भए पनि मानसिक रूपमा केही अस्थिरता महसुस हुन सक्छ। निर्णय लिँदा हतार नगर्नुहोला। खर्च बढ्न सक्ने भएकाले बजेट बनाएर चल्नु राम्रो हुनेछ। बोलीको प्रभावले रोकिएका काम बन्न सक्छन्। व्यापारमा साझेदारसँगको समन्वयले लाभ मिल्नेछ। आर्थिक कारोबार गर्दा कागजपत्रमा ध्यान दिनुहोला। परिवारमा सानातिना कुरालाई लिएर मतभेद हुन सक्ने भएकाले संयम अपनाउनु राम्रो हुनेछ।
कुम्भः आज चन्द्रमा सिंह राशिमा रहेकाले साझेदारी र सम्बन्धका विषय महत्वपूर्ण बन्न सक्छन्। सामाजिक क्षेत्रमा मान–सम्मान प्राप्त हुनेछ। नयाँ व्यक्तिसँगको भेटघाटले भविष्यका लागि नयाँ अवसर ल्याउन सक्छ। व्यापारमा नयाँ सम्झौता हुने सम्भावना छ। आम्दानीका नयाँ स्रोत खुल्नेछन्। पहिले गरिएको लगानीबाट लाभ मिल्न सक्छ। सामूहिक काममा सफलता प्राप्त हुनेछ। सामाजिक सेवा वा राजनीतिमा आबद्ध व्यक्तिहरूका लागि पद र प्रतिष्ठा बढ्ने योग छ।
मीनः आज चन्द्रमाको प्रभावले काममा सक्रियता बढ्नेछ। सुखसुविधाका साधन जुट्नेछन्। मनमा रहेका दुविधा हटेर स्पष्ट योजनाका साथ अघि बढ्न सहज हुनेछ। व्यापार व्यवसायमा सोचेभन्दा राम्रो मुनाफा प्राप्त हुन सक्छ। घरजग्गा वा सवारी साधन खरिदको योजना अघि बढाउन अनुकूल समय छ। लामो समयदेखि रोकिएको रकम उठ्ने सम्भावना छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। रचनात्मक काममा रुचि बढ्नेछ र नयाँ अवसर प्राप्त हुनेछन्।
साइत (यात्रा): सूर्य कर्कट राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः२२ बजेदेखि ७ः०४ बजेसम्म शुभ बेला
बिहान ७ः०४ बजेदेखि ८ः४६ बजेसम्म रोग बेला
बिहान ८ः४६ बजेदेखि १०ः२८ बजेसम्म उद्धेग बेला
बिहान १०ः२८ बजेदेखि १२ः१० बजेसम्म चर बेला
मध्यान्हमा १२ः१० बजेदेखि १ः५२ बजेसम्म लाभ बेला
दिनमा १ः५२ बजेदेखि ३ः३४ बजेसम्म अमृत बेला
दिनमा ३ः३४ बजेदेखि ५ः१६ बजेसम्म काल बेला
दिनमा ५ः१६ बजेदेखि ६ः५७ बजेसम्म शुभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः५७ बजेदेखि ८ः१६ बजेसम्म रोग बेला
साँझ ८ः१६ बजेदेखि ९ः३४ बजेसम्म उद्धेग बेला
राति ९ः३४ बजेदेखि १०ः५२ बजेसम्म चर बेला
राति १०ः५२ बजेदेखि १२ः१० बजेसम्म लाभ बेला
राति १२ः१० बजेदेखि १ः२८ बजेसम्म अमृत बेला
राति १ः२८ बजेदेखि २ः४६ बजेसम्म काल बेला
रातिमा २ः४६ बजेदेखि ४ः०४ बजेसम्म शुभ बेला
रातिमा ४ः०४ बजेदेखि ०५ः२३ बजेसम्म रोग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।




