Nidan Media

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, तोलामा छ सयले घट्यो सुन

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार ओरालो लागिरहेको छ। मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला छ सय रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार तीन सय रुपैयाँ कायम भएको छ। मंगलबार यही सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार प्रतितोला चार हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको असली चाँदीको मूल्य बुधबार घटेर चार हजार दुई सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो। सोही आधारमा महासंघले दैनिक रूपमा स्थानीय बजारका लागि सुन तथा चाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।

उल्लेखनीय रूपमा, हालसम्मकै उच्च मूल्य गत माघ १५ गते कायम भएको थियो। त्यस दिन छापावाला सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो। त्यसयता भने सुनचाँदीको मूल्य क्रमशः घट्दो क्रममा रहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.