Nidan Media

देश बनाउने सपना रास्वपामार्फत पूरा होस् भन्ने चाहना छ: सीके राउत

चितवन। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले जेन-जी आन्दोलनको भावलाई नबिर्सन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिएका छन् ।

चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले उक्त धारणा राखेका हुन् ।

अध्यक्ष राउतले आफू जेन-जी आन्दोलनबाट प्राप्त जनविश्वासलाई बिर्सन नदिन रास्वपालाई सम्झाउन महाधिवेशनमा सहभागी भएको स्पष्ट पारे ।

उनले आफ्नो पार्टीको देश बनाउने सपना पनि रास्वपामार्फत पूरा होस् भन्ने चाहना रहेको उल्लेख गरे । अध्यक्ष राउतले रास्वपाले जेन-जी आन्दोलनका शहीदहरूको सपना बिर्सने छैन भन्ने विश्वास पनि व्यक्त गरे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.