Nidan Media

विश्वकप फुटबलमा उपाधि दाबेदार इङ्गल्याण्डको विजयी शुरूआत

काठमाडौँ । विश्वकप फुटबलमा उपाधि दाबेदार इङ्गल्याण्डले विजयी शुरूआत गरेको छ ।

इङ्गल्याण्डले बिहीबार बिहान सम्पन्न खेलमा क्रोएसियालाई ४-२ ले हराएको हो ।

इङ्गल्याण्डका लागि ह्यारि केनले २ तथा जुड बिलिङघम र मार्कस रास्फोर्डले १-१ गोल गरे ।

क्रोएसियाका लागि मार्टिन बाटुरिना र पिटर मुसाले १-१ गोल गरे ।

मध्यान्तरसम्म २-२ को बराबरी भएकामा मध्यान्तरपछि इङ्गल्याण्ड हावी भएको हो ।

योसँगै समूह एलमा इङ्गल्याण्डले स्पष्ट तीन अंक हासिल गरेको छ ।

यो समूहको दोस्रो खेलमा घाना र पानामा भिड्दै छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.