काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ।
गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा आठ हजार दुई सय र चाँदीको तीन सय ३५ रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै आइतबार सुनको भाउ प्रतितोला तीन लाख आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला तीन लाख नौ हजार रुपैयाँ रहेको थियो।
यता गत शुक्रबार प्रतितोला पाँच हजार दुई सय ३० रुपैयाँ रहेको असली चाँदीको भाउ आइतबार घटेर चार हजार आठ सय ९५ रुपैयाँमा कामय भएको महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।




