Nidan Media

घर फोड्दै गर्दा युवक रंगेहात पक्राउ

पोखरा । पोखरा महानगरपालिका-२६ माझको डाँडा क्षेत्रमा घरमा चोरी गर्दै गर्दा एक जना पक्राउ परेका छन्।

स्थानीय धनबहादुर खड्काको घरमा चोरीको प्रयास भइरहेको अवस्थामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका ३६ वर्षीय राजन तामाङ रहेका छन्। प्रहरीका अनुसार तामाङलाई घटनास्थलमै चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो।

प्रहरीले उनको साथबाट ताल्चा फोड्न प्रयोग गरिने फलामको औजार समेत बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनी घरको ढोका फोडेर चोरी गर्ने प्रयासमा रहेको खुलेको छ।

घटनापछि उनलाई चोरी तथा डाँका उद्योग सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। सोही मुद्दामा अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताउँदै यस प्रकारका आपराधिक गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.