Nidan Media

रास्वपा कास्की सभापतिमा यदुनाथ अधिकारी विजयी

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न जिल्ला अधिवेशनको निर्वाचनमा उनले प्रतिस्पर्धी एकराज न्यौपानेलाई एक मतको झिनो अन्तरले पराजित गरेका हुन् ।

निर्वाचन परिणामअनुसार अधिकारीले ११५ मत प्राप्त गर्दा न्यौपानेले ११४ मत पाए ।

खसेको २३३ मतमध्ये चार मत कुनै पनि उम्मेद्वारको पक्षमा नपरेको जनाइएको छ । २९० मतदाता रहेकामा सबैले मतदान गरेका थिएनन् ।

सचिव पदमा विश्वराज पौडेल निर्वाचित भएका छन् । उनले १२२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी टेकराज सापकोटाले १०६ मत पाए ।

उपसभापति पदमा चिनबहादुर गुरुङ र सहसचिव पदमा सुजन बस्ताकोटी निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्ष पदमा भने पछि मनोनयन गरिने रास्वपा कास्कीले जनाएको छ ।

जिल्ला कमिटीका १० सदस्य पदमध्ये केहीमा निर्विरोध चयन भएको र बाँकी चार सदस्य पदका लागि मतदान भएको थियो । उक्त पदका लागि १० जना उम्मेद्वार प्रतिस्पर्धामा रहेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.