Nidan Media

भाजपा मुख्यालयमा आज रवि लामिछानेको उच्च स्तरीय राजनीतिक भेटवार्ता

काठमाडौँ । रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी मुख्यालयमा उच्च स्तरीय राजनीतिक भेटवार्ता गर्ने भएको छ।

भाजपाको निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको टोलीले पार्टी मुख्यालयमा वरिष्ठ नेताहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

भेटवार्तामा नेपाल र भारतका लोकतान्त्रिक शक्तिबीचको सम्बन्ध, दलगत अनुभव आदानप्रदान, राजनीतिक सहकार्य तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने बताइएको छ।

रास्वपाका अनुसार सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार भारत पुगेका थिए।

भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रमसमेत तय गरिएको जनाइएको छ।

यद्यपि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट निश्चित भइसकेको छैन।

सम्भावित भेटवार्तालाई लिएर दुवै देशबीचको राजनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा संवाद हुने अपेक्षा गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.