Nidan Media

पप्पु कन्ट्रक्सनका सञ्चालक रौनियारविरुद्ध पक्राउ पुर्जी

पर्सा । विगोसम्बन्धी मुद्दामा दोषी ठहर भएका पप्पु कन्ट्रक्सन प्रालिका सञ्चालक सुमित रौनियार विरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ आदेश जारी गरेको छ। अदालतले दुई वर्ष कैद सजाय तोक्दै गत वैशाख ३१ गते प्रहरीलाई पक्राउ पुर्जी पठाएको हो।

वीरगन्ज–१४ का प्रमोद निर्माण सेवाका सञ्चालक मनोज पटेल ले दायर गरेको मुद्दामा अदालतले रौनियारलाई एक करोड १५ लाख ६५ हजार रुपैयाँ भुक्तानी गर्न आदेश दिएको थियो। रकम नतिरेपछि कैद सजाय कायम गरिएको हो।

आदेश जारी भएको सात दिन बित्दासमेत रौनियार पक्राउ नपरेको भन्दै पटेलले प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्।

यता जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी हरिबहादुर बस्नेत ले पक्राउका लागि फैसला कार्यान्वयन टोली परिचालन गरिएको बताएका छन्।

रौनियारले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा पुनरावेदन गरे पनि अदालतले जिल्ला अदालतकै फैसला सदर गरेको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.