Nidan Media

सन्दीप लामिछानेको कीर्तिमान: ओडीआईमा १५० विकेट सबैभन्दा छिटो पूरा गर्ने बलर

काठमाडौँ। नेपालका क्रिकेटर सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम इनिङ्स खेलेर १५० विकेट पूरा गर्ने छिटो बलर बनेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा दुई विकेट लिँदै उनले यो उपलब्धि हासिल गरेका हुन्।

लामिछानेले ७३ इनिङ्समै १५० विकेट पूरा गरेका छन्। यसअघि यो कीर्तिमान अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो, जसले ७७ इनिङ्समा १५० विकेट लिएका थिए।

खेलमा लामिछानेले आफ्नो पहिलो ओभरमै स्कटल्यान्डका ओपनर जर्ज मुन्सीलाई बोल्ड आउट गरेका थिए।

त्यसपछि उनले ब्रान्डन म्याक्मुलनलाई आउट गरेका थिए।

म्याक्मुलनले ४४ बलमा ७३ रन बनाएर नेपाली बलरविरुद्ध आक्रामक प्रदर्शन गरिरहेका बेला लामिछानेले उनलाई इशान पाण्डेको हातबाट क्याच आउट गराएका थिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.