Nidan Media

संविधान संशोधनको नाममा पश्चगमन स्वीकार्य छैन : सुहाङ नेम्वाङ

काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान संशोधनको प्रक्रिया जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै देशलाई प्रगतितर्फ लैजाने उद्देश्यका साथ अघि बढ्नुपर्ने स्पष्ट पारे ।

उनले भने, ‘संविधान संशोधन केवल संशोधनका लागि मात्र होइन । जनताले प्राप्त गरेको अधिकारको कसिमा राखेर अग्रगमनका लागि हुनुपर्छ, न कि पश्चगमनका लागि ।’

संविधान केवल अक्षरहरूको संग्रह नभई नेपाली जनताको रगत र पसिनाले लेखिएको साझा सहमतिको दस्तावेज भएको उनले उल्लेख गरे ।

उनले भने, ‘संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन । रगत र पसिनाले लेखेको साझा सहमतिको दस्तावेज पनि हो । यो राष्ट्रिय एकता र साझा मनोवैज्ञानिक भावधारालाई जोड्ने कडी पनि हो ।’

उनले संविधान अंकगणितको जोडघटाउ मात्रै नभइ राष्ट्रिय एकता र साझा मनोवैज्ञानिक भावधारालाई जोड्ने कडी भएको जिकिर गरे ।

साथै उनले नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढ सङ्कल्प कतै नदेखिएको जिकिर गरे ।

उनले प्रश्न गरे, ‘समाजको एउटा तप्का भोकै छ, एउटा वर्ग अपमानित छ र अर्को क्षेत्र उपेक्षित छ भने, ती चिल्ला सडकहरूको के अर्थ ?’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.