Nidan Media

देशभर बदली, चट्याङ्ग र असिनासहित वर्षाको चेतावनी

काठमाडौँ । हाल जल तथा मौसम विज्ञान विभाग ले दिएको जानकारी अनुसार नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण देशभर मौसम बदली भएको छ।

अहिले कोशी प्रदेश, मधेस प्रदेशबागमती प्रदेश मा पूर्ण बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिकदेखि साधारण बदली देखिएको छ।

दिउँसो सुदूरपश्चिमको तराई क्षेत्र बाहेक देशका अधिकांश पहाडी तथा हिमाली भू-भागमा बदली रहने पूर्वानुमान छ।

कोशी, बागमती र गण्डकीका केही स्थानसँगै मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको समेत सम्भावना औंल्याइएको छ।

रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा बदली कायमै रहनेछ भने यी क्षेत्रका केही स्थान र लुम्बिनी तथा कर्णालीका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षा तथा हिमपात हुन सक्ने देखिएको छ।

अन्य क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

हावाहुरी, चट्याङ्ग र असिनाका कारण जनजीवन, कृषि तथा यातायात क्षेत्रमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.