सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८३ वैशाख ६ गते आइतबार, इस्वीसंवत अप्रिल १९ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको द्धितीया तिथि दिनमा १ः३१ बजेसम्म त्यसपछि तृतीया तिथि लाग्नेछ। नक्षत्रमा भरणी बिहानमा ९ः४१ बजेसम्म त्यसपछि कृत्तिका नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा आयुष्मान ४३ घटि ४७ पलासम्म त्यसपछि सौभाग्य योग लाग्नेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा काल रहनेछ ।
सूर्य मेष राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान ३२ घटि ११ पला अर्थात १२ घण्टा ५४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः३८ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने बिहानमा ६ः३१ बजे र अस्ताउने समय साँझमा ८ः५१ बजे रहेको छ । आज परशुराम जयन्ती रहेको छ।
आजको राशिफल
मेषः आज नयाँ जिम्मेवारी प्राप्तिको योग रहेकाले आफ्नो क्षमता प्रदर्शन गर्ने यो सुनौलो अवसर रहेको छ। सहकर्मीहरूको पूर्ण सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहजता आउनेछ। आर्थिक दृष्टिकोणले आजको दिन निकै सबल देखिन्छ। लामो समयदेखि रोकिएका धन फिर्ता आउनेछ। नयाँ लगानीका क्षेत्रहरू पहिचान हुनेछन्, जसले भविष्यमा राम्रो प्रतिफल दिनेछन्। व्यापारमा नयाँ साझेदारीका लागि प्रस्ताव आउन सक्छ। आकस्मिक लाभको योगले मन उत्साहित रहनेछ।
वृषः आज अनावश्यक खर्च बढ्न सक्ने योग रहेकाले बजेटमा कडाई गर्नुहोला। शेयर बजार वा जोखिमपूर्ण लगानीमा आज हतार नगर्नु नै राम्रो हुनेछ। आर्थिक लेनदेनमा गोपनीयता कायम राख्नुहोला। पारिवारिक वातावरणमा केही सामान्य उतारचढाव आउन सक्छ। घरका साना कुरालाई लिएर विवाद बढ्न नदिनुहोला। आफन्त र नातागोतासँगको भेटघाटले केही पुरानो सम्झना ताजा गराउनेछ। दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ। स्वास्थ्यमा भने अलि बढी ध्यान दिनु आवश्यक छ।
मिथुनः आज आम्दानीका नयाँ स्रोतहरू पहिचान हुनेछन्। सामाजिक कार्यमा गरिने खर्चले मानसिक सन्तुष्टि प्रदान गर्नेछ। धन सञ्चयका लागि उचित परामर्श मिल्नेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। नयाँ मानिसहरूसँगको भेटघाटले तपाईँको सम्पर्क सञ्जाल विस्तार गर्नेछ। परिवारमा खुसीको खबर सुन्न पाइनेछ । मित्रवर्गबाट भरपुर सहयोग र साथ पाइनेछ। विद्यार्थीहरूका लागि नयाँ विषयको अध्ययन सुरु गर्न अनुकूल समय छ। रचनात्मक कार्यमा संलग्न हुनाले मानसिक तनाव कम हुनेछ।
कर्कटः आज आर्थिक पक्षमा आज केही उतारचढाव आउन सक्छ। अनावश्यक विलासिताका वस्तुमा खर्च बढ्नाले बजेट बिग्रिन सक्छ। पारिवारिक मामिलामा घरका जेष्ठ सदस्यसँग परामर्श गर्नु राम्रो हुनेछ। घरजग्गाको कारोबारमा संलग्न हुनुहुन्छ भने सावधानी अपनाउनुहोला। घरभित्रको वातावरणलाई सौहार्दपूर्ण बनाउन प्रयास गर्नुहोस्। शारीरिक रूपमा केही कमजोरी महसुस हुन सक्छ। विद्यार्थी वर्गका लागि ध्यान केन्द्रित गर्न केही कठिन हुन सक्छ, तर निरन्तरको प्रयासले सफलता मिल्नेछ।
सिंहः आज सरकारी क्षेत्रको काममा ढिलासुस्ती हुनाले मन खिन्न हुन सक्छ। धैर्यतापूर्वक काम गर्नाले मात्र सफलता हात लाग्नेछ। आर्थिक रूपमा आजको दिन मध्यम रहनेछ। आम्दानीका बाटाहरू सुस्त भए पनि रोकिएका केही रकम हात पर्न सक्छन्। पुराना साथीभाइको सहयोगले केही आर्थिक भार कम हुन सक्छ। पारिवारिक जीवनमा केही असमझदारी उत्पन्न हुन सक्छ। बोलीमा नियन्त्रण नहुँदा प्रियजनसँगको सम्बन्धमा चिसोपन आउन सक्छ। आज गरिने प्रत्येक काममा सावधान हुनुहोला ।
कन्याः आज तपाईँको परोपकारी भावनाले अरूको मन जित्न सफल हुनेछ। नयाँ जिम्मेवारीहरू वहन गर्नुपर्नेछ। नयाँ व्यावसायिक योजनाबाट मनग्य धन लाभ हुने योग छ। उपहार वा आकस्मिक धन प्राप्तिको सम्भावना पनि रहेको छ। पारिवारिक जीवन सुखद रहनेछ। तपाईँको सामाजिक प्रतिष्ठा बढ्नेछ। घरका सदस्यहरूसँग रमाइलो पिकनिक वा खानपानको योजना बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। पुरानो रोगबाट केही राहत मिल्ने सम्भावना छ।
तुलाः आजको दिन मध्यम रहनेछ। पारिवारिक सम्बन्धमा केही असमझदारी हुन सक्छ। आफन्तसँगको व्यवहारमा लचकता अपनाउन आवश्यक छ। मानसिक रूपमा केही चिन्ताले सताउन सक्छ, त्यसैले मनलाई शान्त राख्न ध्यान गर्नुहोला। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। प्रेम जीवनमा भने केही नयाँपन महसुस हुनेछ। जीवनसाथीसँगको सामीप्यता बढ्नेछ। विद्यार्थी वर्गका लागि कडा परिश्रमले मात्र अपेक्षित नतिजा दिनेछ। कला र संगीतमा रुचि बढ्नेछ। तपाईँलाई मानसिक तनावबाट मुक्ति मिल्नेछ।
वृश्चिकः आजको दिन शुभ रहनेछ। तपाईँको हिम्मत र साहसले कार्यक्षेत्रमा नयाँ पहिचान दिलाउनेछ। आर्थिक लाभको बलियो योग रहेको छ। व्यापारमा उल्लेखनीय प्रगति हुनेछ। आर्थिक सुरक्षाको अनुभूति हुनेछ। पारिवारिक सम्बन्ध प्रगाढ रहनेछ भने दाजुभाइ र दिदीबहिनीबाट विशेष सहयोग मिल्नेछ। प्रेम जीवनमा निकै रमाइलो समय व्यतीत हुनेछ। प्रियजनसँगको सामीप्यताले मन हर्षित रहनेछ। विद्यार्थीहरूका लागि आजको दिन उपलब्धिमूलक रहनेछ। नयाँ साथीहरू बन्ने योग रहेको छ।
धनुः आजको दिन मिश्रित फलदायी रहनेछ। कार्यक्षेत्रमा केही नयाँ जिम्मेवारी आउनेछ । आर्थिक रूपमा खर्चको मात्रा बढ्न सक्छ। पारिवारिक वातावरण सामान्य रहनेछ तर घरका सानातिना कुराले मनमा चिन्ता बढाउन सक्छ। सन्तानको व्यवहारमा सुधार ल्याउन अलि बढी ध्यान दिनु आवश्यक देखिन्छ। स्वास्थ्यमा सामान्य समस्या आउनेछ। आज पर्याप्त आरामको आवश्यकता पनि देखिन्छ। प्रेम सम्बन्धमा सामान्य उतारचढाव आउन सक्छ। एकअर्काको भावनालाई सम्मान गर्दा सम्बन्धमा सुधार आउनेछ।
मकरः आजको दिन रमाइलो र सुखद रहनेछ। व्यावसायिक यात्रा फलदायी हुनेछ र नयाँ लगानीको प्रस्ताव आउन सक्छ। रोकिएका पुराना लेनदेनहरू आज सुल्झिनेछन् । जसले गर्दा आर्थिक स्थितिमा उल्लेख्य सुधार आउनेछ। दाम्पत्य जीवनमा आपसी समझदारी र प्रेम बढ्नेछ। जीवन साथीको पूर्ण सहयोगले तपाईँको मनोबल बढ्नेछ। घरमा कुनै उत्सव वा पाहुनाको आगमनले खुसीयाली छाउनेछ। तर बाह्य यात्रा गर्दा खानपानमा भने केही सावधानी अपनाउनुहोला।
कुम्भः आज कार्यक्षेत्रमा तपाईँको क्षमताको चर्चा हुनेछ। पारिवारिक जीवनमा सुख र शान्ति छाउनेछ। घरका साना सदस्यहरूको प्रगतिले मन हर्षित हुनेछ। मित्रवर्गबाट राम्रो सल्लाह र सहयोग प्राप्त हुनेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। स्वास्थ्य निकै सबल रहनेछ भने शरीरमा नयाँ ऊर्जा र आत्मविश्वास महसुस हुनेछ। पुराना रोगहरूबाट मुक्ति मिल्ने दिन रहेको छ। आज आफ्नो दैनिक तालिकालाई अझ व्यवस्थित बनाउन आवश्यक देखिन्छ । प्रियजनसँगको भ्रमणले मनमा स्फूर्ति भर्नेछ।
मीनः आजको दिन नयाँ कुरा सिक्नका लागि निकै महत्वपूर्ण रहेको छ। धार्मिक क्षेत्रा गरिएको लगानीले राम्रो नतिजा दिनेछ। नयाँ व्यावसायिक योजनामा सहभागी हुन सकिनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ। सन्तान वा विद्यार्थी पक्षबाट सुखद् समाचार सुन्न पाइनेछ। मनमा प्रशन्नता छाउनेछ । प्रेम सम्बन्धमा नयाँ आयाम थपिनेछ। मन मिल्ने मानिससँग गहिरो कुराकानी हुने अवसर मिल्नेछ। विद्यार्थी वर्गका लागि शैक्षिक उपलब्धि हात लाग्न सक्नेछ।
साइत (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः३८ बजेदेखि ७ः१४ बजेसम्म उद्धेग बेला
बिहान ७ः१४ बजेदेखि ८ः५१ बजेसम्म चर बेला
बिहान ८ः५१ बजेदेखि १०ः२७ बजेसम्म लाभ बेला
बिहान १०ः२७ बजेदेखि १२ः०३ बजेसम्म अमृत बेला
मध्यान्हमा १२ः०३ बजेदेखि १ः४० बजेसम्म काल बेला
दिनमा १ः४० बजेदेखि ३ः१६ बजेसम्म शुभ बेला
दिनमा ३ः१६ बजेदेखि ४ः५२ बजेसम्म रोग बेला
दिनमा ४ः५२ बजेदेखि ६ः२८ बजेसम्म उद्धेग बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः२८ बजेदेखि ७ः५२ बजेसम्म चर बेला
साँझ ७ः५२ बजेदेखि ९ः१६ बजेसम्म लाभ बेला
राति ९ः१६ बजेदेखि १०ः३९ बजेसम्म अमृत बेला
राति १०ः३९ बजेदेखि १२ः०३ बजेसम्म काल बेला
राति १२ः०३ बजेदेखि १ः२६ बजेसम्म शुभ बेला
राति १ः२६ बजेदेखि २ः५० बजेसम्म रोग बेला
रातिमा २ः५० बजेदेखि ४ः१४ बजेसम्म उद्धेग बेला
रातिमा ४ः१४ बजेदेखि ०५ः३७ बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



