सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८२ चैत २४ गते मंगलबार, इस्वीसंवत अप्रिल ७ तारिक सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखकृष्णपक्षको पञ्चमी तिथि दिनमा २ः३६ बजेसम्म त्यसपछि षष्ठी तिथि लाग्नेछ। नक्षत्रमा ज्येष्ठा रातिमा ३ः०६ बजेसम्म त्यसपछि मूल नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा व्यतिपात २२ घटि ४७ पलासम्म त्यसपछि वरियान योग लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा मुद्गर रहनेछ ।
सूर्य मीन राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान ३१ घटि २४ पला अर्थात १२ घण्टा ३६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः४९ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः२४ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा ११ः२४ बजे र अस्ताउने समय भोलि बिहानमा ८ः४३ बजे रहेको छ । आज विश्व स्वास्थ्य दिवस रहेको छ।
आजको राशिफल
मेषः आज समय शुभ छ । सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्य फाइदा हुनेछ । सुखद् समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।
वृषः आज समय खराब रहनेछ । धार्मिक वा सांस्कृतिक महत्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भए पनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ । आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ ।
मिथुनः आज समय शुभ रहने छ । प्रभावशाली र ठूला मानिसबाट सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । तर, स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले निकै विचार पुर्याउनुहोला ।
कर्कटः आज समय मध्यम खालको छ । आज नयाँ कामको थालनी सकभर नगर्दा राम्रो हुनेछ । महत्वपूर्ण काममा विघ्नबाधा आउनेछ भने प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन् । टाढाको यात्रामा पनि नजाँदा राम्रो हुनेछ । धार्मिक र शैक्षिक क्षेत्रमा सहयोग गर्दा राम्रो हुनेछ । आज गर्नैपर्ने कामका लागि मातापिताको आशिर्वाद लिनुहोला ।
सिंहः आज समय शुभ छैन । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ । विगतका योजना अनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने बन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिनेछ । पति–पत्नीबीच मनमुटाव हुन सक्नेछ । आम्दानीभन्दा खर्च बढी हुनाले पारिवारिक तनाव बढ्न सक्नेछ ।
कन्याः आज समय शुभ छ । पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक तथा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थ लाभका अवसर आउनेछन् । तीर्थ, व्रत तथा देवालयको भ्रमण हुन सक्नेछ । मित्र वर्ग र बन्धुवान्धवबाट सहयोग पाउन सकिनेछ । आज देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ ।
तुलाः आज समय शुभ छ । विगतदेखि गरिँदै आएको कामको उचित मूल्याङ्कन हुनेछ । शैक्षिक क्षेत्रबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ। नयाँ ज्ञान प्राप्त हुनुका साथै दाम, नाम, इनाम प्राप्त हुने योग रहेको छ। गुरुको आशिर्वादले तपाईंलाई हौसला बढ्नेछ भने यसअघि थाती रहेका काम पूर्ण हुनेछ ।
वृश्चिकः आज शुभ छ भने स्वास्थ्यप नि सबल रहनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ । तर दिउँसोको समयमा आफन्तसँग भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ ।
धनुः आज समय शुभ छैन । पैतृक सम्पत्तिबाट तनाव हुनेछ । लामो समयदेखि काम बन्न नसकेकाले मनमा निराशा र वैराग्यका भावना आउन सक्छन् । यद्यपि सामाजिक दायित्व भने बढ्नेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गरेमा कृषिजन्य व्यवसायबाट लाभ मिन्ेछ । साथीभाइलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउन सकिनेछ।
मकरः आज समय शुभ छैन । काममा अनावश्यक प्रतिस्पर्धा र झमेला हुनेछ । लेनदेनमा विवाद आउने सम्भावना छ । आज विपरीत लिङ्गीहरूबाट पनि सचेत हुनुहोला । अनावश्यक राजनीतिक दौडधूपमा समय बित्ने देखिन्छ । दिगो फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने भएकाले बेलैमा सचेत हुनुहोला। आज सकेसम्म यात्रा नगर्नुहोला।
कुम्भः आज समय शुभ छ । स्वास्थ्यले पनि राम्रो रहनेछ । मनमा उत्साह बढ्नेछ । आज तपाईंले आ“टेका सबै काममा राम्रो सफलता प्राप्त हुनेछ। परिश्रम अनुसारको आर्थिक लाभ पनि पाइनेछ । धार्मिक कार्यमा लगानी गरेमा उत्कृष्ट लाभ तथा पुण्य मिल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । सामाजिक कामले सम्मानित स्थान दिलाउन सक्छ भने बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । आज लामो समयपछि दाजुभाइको भेटघाट हुनेछ।
मीनः आज समय उपयुक्त छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ व्यावसायिक काममा खर्च बढ्ने छ भने सवारी चलाउँदा सावधान हुनुपर्नेछ । महत्वपूर्ण निर्णय र व्यवसायमा लगानी आज नथर्दा नै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
साइत (यात्रा): सूर्य मीन राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तरको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः५२ बजेदेखि ७ः२६ बजेसम्म रोग बेला
बिहान ७ः२६ बजेदेखि ८ः५९ बजेसम्म उद्धेग बेला
बिहान ८ः५९ बजेदेखि १०ः३३ बजेसम्म चर बेला
बिहान १०ः३३ बजेदेखि १२ः०७ बजेसम्म लाभ बेला
मध्यान्हमा १२ः०७ बजेदेखि १ः४० बजेसम्म अमृत बेला
दिनमा १ः४० बजेदेखि ३ः१४ बजेसम्म काल बेला
दिनमा ३ः१४ बजेदेखि ४ः४८ बजेसम्म शुभ बेला
दिनमा ४ः४८ बजेदेखि ६ः२२ बजेसम्म रोग बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः२२ बजेदेखि ७ः४८ बजेसम्म उद्धेग बेला
साँझ ७ः४८ बजेदेखि ९ः१४ बजेसम्म चर बेला
राति ९ः१४ बजेदेखि १०ः४० बजेसम्म लाभ बेला
राति १०ः४० बजेदेखि १२ः०६ बजेसम्म अमृत बेला
राति १२ः०६ बजेदेखि १ः३२ बजेसम्म काल बेला
राति १ः३२ बजेदेखि २ः५९ बजेसम्म शुभ बेला
रातिमा २ः५९ बजेदेखि ४ः२५ बजेसम्म रोग बेला
रातिमा ४ः२५ बजेदेखि ०५ः५१ बजेसम्म उद्धेग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।




