Nidan Media

डीपी अर्याल सभामुखको उम्मेद्वार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई प्रतिनिधि सभा सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीको तर्फबाट अर्याललाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गरेका थिए। त्यसलगत्तै बैठकले सर्वसम्मत अनुमोदन गरेको प्रवक्ता झाले बताए।

सभामुखको निर्वाचन चैत २२ गते हुनेछ। संसदमा रास्वपाको बहुमत भएकाले अर्याल सभामुखमा चयन हुने निश्चित छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.