Nidan Media

रवि लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच आज बूढानीलकण्ठस्थित ठाकुरको निवासमा भेटवार्ता भएको छ।

भेटवार्तामा वर्तमान राजनीतिक अवस्था, मधेस क्षेत्रको विकास, र प्राथमिकता दिने योजनाहरूबारे छलफल भएको थियो।

पछिल्लो जनादेशअनुसार समग्र विकासका लागि सहकार्य गर्ने कुरामा दुबै पक्ष एकमत भएका छन्।

ठूलो दलको नेताको हिसाबले रविले अन्य दलका नेता भेटघाट गरेर राजनीतिक संस्कार देखाउन र विश्वास आर्जन हासिल गर्न खोजेको बुझ्न सकिन्छ । यस्तो कदमले भविष्यमा सहकार्य र सकारात्मक राजनीतिक प्रभावका लागि महत्वपूर्ण हुन सक्छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.