Nidan Media

अघि बढ्यो तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन

काठमाडौँ । तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओलीपुष्पकमल दाहालको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाइएको छ।

सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।

सोही पत्राचारका आधारमा आइतबार कांग्रेस नेता तथा पूर्वउर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्।

सीआईबीका एआईजी डा. मनोज केसीका अनुसार खड्कालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

तीन पूर्वप्रधानमन्त्रीका विषयमा भने सीआईबीले औपचारिक रूपमा केही नबताए पनि गृह स्रोतका अनुसार विभागको निर्देशनअनुसार उनीहरूको सम्पत्तिबारे अनुसन्धान अघि बढाइएको छ।

यसअघि ‘जेनजी आन्दोलन’का क्रममा देउवा निवासमा नगद भेटिएको विषय सार्वजनिक भएपछि विभागले मुचुल्का उठाएको थियो।

यस्तै गंगा दाहालको निवास र ओली निवासमा पनि प्रारम्भिक अनुसन्धान गरिएको थियो। हाल सोही अनुसन्धानलाई थप तीव्र बनाइएको जनाइएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.