काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) का प्रवक्ता मनिष झालेले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि पार्टी आन्तरिक बैठकहरूको तयारी तीव्र भएको जानकारी दिएका छन्।
प्रवक्ता झाका अनुसार बिहीबार) अपराह्न ४ बजे पार्टीको केन्द्रीय समितिको बैठक बस्नेछ भने त्यसलगत्तै ५ बजे संसदीय दलको बैठक आयोजना गरिनेछ।
“नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणपश्चात अब राष्ट्रिय स्वतन्त्र पार्टी ४ बजेदेखि हुने केन्द्रीय समितिको बैठक तयारीमा जुटेको छ। त्यसलगत्तै ५ बजे संसदीय दलको बैठक हुनेछ,” उनले भने।
बैठकका लागि वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी प्रवक्ता झाले दिए।
शपथ ग्रहण कार्यक्रम सकिएसँगै केन्द्रीय समितिका सदस्यहरू कार्यालयतर्फ आउन थालेका छन्।
पार्टीले शपथ ग्रहणपछि आन्तरिक रणनीति तय गरी आगामी संसदमा प्रतिनिधित्व र नीति निर्माणमा तयारी गर्ने अपेक्षा गरिएको छ।
बैठकले पार्टीको संसदीय दलको नेता र प्रमुख सचेतक चयन गर्ने बताइएको छ।
संसदीय दलको नेता वालेन्द्र साह बालेनलाई बनाउने रास्वापाको तयारी छ।
बालेनले शुक्रबार प्रधानमन्त्रीको शपथ लिने तयारी छ।




