Nidan Media

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही चैत १० गते मंगलबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले हिजो एक सूचना प्रकाशित गरी मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए ।

आइतबार सकिएको बैठकले निर्वाचनमा व्यहोरेको हारको समीक्षा गर्नुका पार्टी सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गरेको थियो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जनाकारी दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.