Nidan Media

सुनचाँदीको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १२ हजार पाँच सय रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ कायम भएको छ।

यसअघि, शनिबार सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

एक साताको अवधिमा सुनको भाउ २७ हजार चार सय रुपैयाँले घटेको छ।

गत आइतबार सुन प्रतितोला तीन लाख नौ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउ हालसम्मकै उच्च गत माघ १५ गते प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, आइतबार असली चाँदीको भाउ तोलामा तीन सय ५५ रुपैयाँले घटेको छ।

गत शुक्रबार चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी घटेर आइतबार चार हजार पाँच सय ४० रुपैयाँमा कारोबार भएको छ।

एक साताको अवधिमा चाँदीको भाउ तोलामा सात ३० रुपैयाँले घटेको छ ।

चाँदी गत आइतबार प्रतितोला पाँच हजार दुई सय ७० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च गत माघ १५ गते प्रतितोला सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.