Nidan Media

तोलामा २८ सय घट्यो सुनको भाउ

काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य दुई हजार ८०० रुपैयाँले घटेर प्रतितोला तीन लाख १४ हजार २०० रुपैयाँ कायम रहेको छ ।

बिहीबार सुनको मूल्य तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।

शुक्रबार चाँदी २० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला पाँच हजार ५१५ रुपैयाँ रहेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.