Nidan Media

मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ विजयी

काठमाडौं । नेपाली कांग्रेसका टेकबहादुर गुरुङ मनाङबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

गुरुङ दुई हजार ४१५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरिन् ।

यस्तै नेशनल मंगोल अर्गनाइसेजनका उम्मेदवार रामबहादुर घलेले ९ मत पाएका छन् ।

योसँगै जारी मतपरिणामअनुसार नेपाली कांग्रेसले दोस्रो जित हात पारेको छ ।

यसअघि मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भएका थिए ।

योसँगै गण्डकीबाट कांग्रेसले दुई सिट हासिल गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.