Nidan Media

नेकपा संयोजक प्रचण्ड रूकुम पूर्वबाट विजयी

रूकुम पूर्व । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । प्रचण्ड रूकुम पूर्वबाट विजयी भएका हुन् ।

प्रचण्ड १० हजार २४० मतसहित विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाए ।

त्यस्तै नेपाली कांग्रेसकी उम्मेद्वार कुसुम थापाले ३ हजार ८१ मत पाइन् ।

रास्वपाका लखनकुमार थापाले भने ८१९ मतमात्र ल्याए ।

लगाचार क्षेत्र फेर्दै आएका प्रचण्ड लगातार पाँच पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

पहिलो संविधान सभा निर्वाचनमा ०६४ सालमा उनी काठमाडौँ १० र रोल्पा २ बाट निर्वाचित भएका थिए ।

दोस्रो संविधान सभाको निर्वाचन ०७० सालमा उनी सिराहा ५ बाट निर्वाचित भएका थिए भने काठमाडौँ १० बाट पराजित भएका थिए ।

०७४ को प्रतिनिधि सभाको निर्वाचनमा उनी चितवन ३ बाट निर्वाचित भएका थिए ।

०७९ को प्रतिनिधि सभा निर्वाचनमा उनी गोरखा २ बाट निर्वाचित भएका थिए ।

प्रचण्डले कुनै पनि क्षेत्र दोहोर्याएका छैनन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.