काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल काठमाडौँ ६ बाट विजयी भएका छन्।
निर्वाचन अधिकृत कार्यालयका अनुसार खनालले २७ हजार ७१९ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ सबुजले ६ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् ।
एमाले उम्मेदवार अमन मास्के ४ हजार ३ सय ७३ मतसहित तेस्रो भएका छन् ।
काठमाडौँ ६ मा ४३ हजार ८ सय ६८ मत खसेको थियो ।
शिशिरले ०७९ को चुनावमा पनि सफलता हासिल गरेका थिए ।





